विद्युत प्राधिकरणका दुईजना सञ्चालक पदमुक्त

लोकपथ
476
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरेको छ । पदमुक्त हुनेमा कपिल आचार्य र भक्तबहादुर पुन छन् ।

ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय आचार्य र पुनलाई पदबाट हटाइएको जानकारी गराउँदै प्राधिकरणलाई पत्र पठाएकी छन् ।

सञ्चालक समितिमा पुन उपभोक्ता समूहबाट र आचार्य जलविद्युत् क्षेत्रबाट सदस्य रहेका थिए । पदमुक्त भएका आचार्य र पुनले डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।

त्यसपछि मन्त्रालयले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदमुक्त गरिएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?