काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले थुनामा राखिएका गोल्छालाई सोमबार धरौटी जमानतमा रिहा गर्न आदेश दिएको भए पनि प्रहरीले गएराति नै उनलाई फेरि नियन्त्रणमा लिएको हो ।
सर्वोच्च अदालतले गोल्छालाई जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न आदेश दिएको थियो । तर, उक्त आदेशको कार्यान्वयन प्रक्रियामै उनी पुनः पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको जनाएको छ ।
शंकास्पद आर्थिक कारोबारमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका व्यवसायी दीपक भट्ट सँग ‘नेक्सस’ देखिएको आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको बताइएको छ ।
प्रहरीका अनुसार यस प्रकरणमा थप अनुसन्धान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया