काठमाडौं । विद्युत सेवा अवरुद्ध हुँदा चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् ।आज बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन् ।
अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्न सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट १५ जनाको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कति यात्रु फसेका छन् भन्ने खुलिसकेको छैन । ७–८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया