काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिनका लागि गोरखा मिडिया नेटवर्कसमेतको नाम उल्लेख गरिएको भन्दै कुनै पनि व्यक्ति कारबाहीको दायराबाट उम्कन नसक्ने स्पष्ट पारेको छ ।
मंगलबारको टीओआर कार्यदल बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा कार्यदल सदस्यसमेत रहेका कांग्रेस सांसद जीवन परियारले सो कुरा बताएका हुन् ।
‘गोरखा मिडिया नेटवर्कलगायत अन्य कम्पनीमा पनि हुनसक्छ, गैरकानुनी रुपमा अनुचित रुपमा पैसा गएको छ भने त्यस्ता व्यक्तिमाथि छानबिन हुन्छ, सहकारीको रकम अपचलन भएको छ भने छानबिन गरेर कारबाहीको दायरामा ल्याउनेगरी सहमति गरेका छौं, त्यसमा कुनै पनि व्यक्ति छुट्न सक्दैन ।’
गोरखा मिडिया नेटवर्कमा हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा सहकारीको करोडौं रुपैयाँ अपचलन भएको समाचार सार्वजनिक भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया