प्रधानमन्त्री ओलीलाई मार्दिन्छु भन्ने पक्राउ

काठमाडौं । महनगरीय अपराध अनुसन्धान महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मादिएन्छ’ भनेर ‘कमेन्ट’ गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । 

सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले प्रधानमन्त्री ओलीलाई मार्दिन्छु भनेर कमेन्ट गरेका थिए । 

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको बताए ।  

‘‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए’ एसपी राठौरले बताए । 

पक्राउ परेका तामाङविरुद्ध साइबर अपराध कसुर अन्तर्गत मुद्दा चलाउन लागिएको साइबर अपराध महाशाखाले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?