नगद ठगी गरेको अभियोगमा दुई महिला पक्राउ

मोरङ । नगद ठगी गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको  छ । 

मोरङ ग्रामथान ६ बपनगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरीलाई प्रहरीले आइतवार दिउँसो पक्राउ गरेको हो । 

मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी ९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आरएन बैंक विराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार उठाएर लिएका थिए । 

उनीहरुले ठगी गरेको आरोपमा स्थानीयहरुले नै नियन्त्रणमा लिइ कानूनी कारबाही गरी ठगी भएको रकम असुल उपरी गरी दिनहुन भनी अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका थिए । 

ठगीमा संलग्न फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?