नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूची सच्याउन दबाब परेको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएका हुन् । दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको छ ।
पोलिटब्युरो चयनमा पूर्वएमालेमा भन्दा पूर्वमाओवादी समूहमा समस्या छ । सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएको भन्दै अध्यक्ष प्रचण्डले आवश्यक गृहकार्यपछि मात्र पूर्वमाओवादीका तर्फबाट अर्को सूची पेस गर्ने भन्दै २ जेठको सचिवालय बैठकमा छलफल गर्न नसकिने बताएका थिए ।नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया