काठमाडौं । प्रहरीले करिब ३५ लाखसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
आइतवार महानगरीय प्रहरी परिसर, टेकुले चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट ३४ लाख ८९ हजार २ सयसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई रहेको महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटले बताए ।
चाबहिलको दीर्घायु हस्पिटल पछाडि कोठा भाडामै लिएर उनीहरुले हुण्डी कारोबार गरिरहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको डीएसपी बोगटले जानकारी दिए ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरी हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि तीनै जनलाईं राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया