अनसनरत नर्सको माग पूरा गर्न सरकारसँग डा. केसीको आग्रह

काठमाडौं । त्रिविका प्रध्यापक डा. गोविन्द केसीले अनसनरत दुई नर्सको माग पूरा गर्न सरकारसँग माग गरेका छन् । 

डा. केसीद्वारा आइतवार जारी विज्ञप्तिमा स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका निर्वाह गर्ने नर्सहरु चर्को श्रम परेको बताएका छन् । 

‘चर्को श्रममा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, आफ्ना जायज माग सुनुवाई नभएपछि अनसन बस्दासमेत सम्बन्धित निकायले चासो नदिनु लाजमर्दो कुरा हो’ विज्ञप्तिमा लेखिएको छ । 

१० दिनदेखि विभिन्न माग राख्दै मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिक्की शेर्पा र नर्सिङ संघकी सदस्य जिता बराल अनसनमा छन् । 

‘अनसनरत नर्सहरुको बिग्रदो स्वास्थ्य अवस्था तथा उहाँहरुको मागप्रति देखाएको चरम असंवेदनशीलप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ’ केसीले विज्ञप्तिमार्फत भनेका छन् । 

‘नर्सहरु चर्को श्रम शोषणमा पर्नु, माग पुरा गर्न सुनुवाई नहुनु र उनीहरुप्रति राज्य र सम्बन्धित निकाय संवेदित नहुनु समाजकै लागि लाजमर्दो कुरा हो’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?