काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्ष मण्डल नरहने भएको छ ।
गत विहीवारदेखि राजपा पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विधानको धारा ३१ (१२) मा यस अघि महाधिवेशनपनि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा अब महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा आगाडी बढ्ने व्यवस्था गरिको हो ।
यसैगरी पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार भोलि (सोमवार)देखि लागू हुने गरी अनिल कुमार झाले राजपा नेपालको संयोजकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यस अघि राजपाको संयोजकमा शरतसिंह भण्डारी थिए ।
६ राजनीतिक दल मिलेर बनेको राजपामा पालै पालो अध्यक्ष सम्हाल्ने निर्णय भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया