संसदबाट मिडिया विधेयक काउन्सिल पास हुन दिन्नै : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् । 

सरकारले गत वैशाख २६ गते संसदमा मा मिडिया काउन्सिलसम्बन्धी विधेयक दर्ता गराएको थियो । 

शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । 

नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानून ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप देउवाको छ । 

देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?