शेरबहादुर मुर्दावाद भन्नेहरुले नै प्रचण्डलाई जिताए : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेरबहादुर मुर्दावाद भन्नेहरुले नै पुष्पकमल दाहाल‘प्रचण्ड’लाई जिताएको बताए । 

प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् । 

तत्कालीन एमाले र माओवादी मिल्दा कांग्रेस हारेको बताउँदै सभापति देउवाले भने, ‘हिजो प्रचण्डको छोरीलाई भोट हालौं भन्दा जसले शेरबहादुर मुर्दावाद भने उनीहरु नै प्रचण्डलाई जिताउन लागे ।’

प्रचण्डसँग कुरा गर्न कृष्ण सिटौलालाई समेत पठाएको तर, तपाईका कार्यकर्ताले हामीलाई भोट नै हाल्दैनन् भनेर नमानेको कांग्रेस सभापति देउवाको भनाइ छ ।  

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?