सरकारसँग दोस्रो चरणको वार्ता शुरु गर्न वार्ता समितिलाई राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राप्रपा)ले सरकारसँग दोस्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको छ । 

शुक्रवार दिउँसो राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको विशेष बैठकले वार्ता समितिलाई सरकारसँग दोस्रो चरणको वार्ता प्रारम्भ गर्न निर्देशन दिएको हो । 

पार्टीका वरिष्ठ नेता दिपक बोहराले पार्टी र नेपाल सरकारबीचको वार्ताबारे बैठकमा जानकारी गराएका थिए । 

बैठकमा जनसंघर्षको पहिलो चरणको समिइाा र दोस्रो चरणको तयारीका सन्र्दमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबाट प्रस्तुत प्रतिवेदनमाथि समेत विस्तृत छलफल  समिक्षा भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?