काठमडौं । नेपाल पत्रकार महासंघले काठमाडौंको नयाँ वानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
गत वैशाख २६ गते सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध मिडियासँग सम्बन्धीत विभिन्न संघसंस्थाले आज शुक्रावार) काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गरेको छ ।
मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममा पत्रकारहरुले मुखमा टेप लगाएर विरोध गरेका थिए भने प्रदर्शनमा पत्रकारहरुको उल्लेख्य सभागिता रह्यो ।
उनीहरुले प्रदर्शनमा ‘प्रेस स्वतन्त्रता जिन्दाबाद’, ‘अन्तर्राष्ट्रिय मूल्यमान्यताको कदर गर’, ‘प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ जस्ता नारा लगाइएका छन् ।
मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।
त्यस्तै हिजो (बिहीवार) पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका थिए ।



www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया