बढ्दो ट्यांकरको आतंक : काठमाडौंमा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको सिभिल मल अगाडी पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

शुक्रवार बिहान बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको  हो ।

ठक्करबाट घाइते भएका कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मल अगाडि ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै सुनिताको मृत्यु भएको प्रहरीले जनाएको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?