काठमाडौं । नेपाल प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २८ जनालाई नियन्त्रणमा लिएको हो ।
उता छापा माार्न पुगेको प्रहरी टोलीलाई केही खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट बिहीवार साँझ अनैतिक क्रियाकलाप गर्ने २८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।
गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले त्यस आसपासको क्षेत्रमा छापा मार्दा अनैतिक क्रियाकलाप गरेको भेटिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बताए ।
यसैगरी बिजीमल नजिक सञ्चालित पूजा रेष्टुरेण्टका सञ्चालक सौगात क्षेत्रीले १८ हजार अफर गरेको प्रहरीले बताए । अनुगमनमा पुगेको प्रहरीको टोलीलाई रेष्टुरेण्टका सञ्चालक क्षेत्रीले १८ हजार अफर गरेका थिए ।
रेष्टुरेण्टका सञ्चालक क्षेत्रीलाई पनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया