हावाहुरीले फेवातालमाछाल, करीब ५ दर्जन डुंगा डुबे

पोखरा–  पोखरामा आइतबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण फेवातालमा अप्रत्याशित रुपमा छाल आएको छ । प्रत्यक्षदर्शीका अनुसार समुन्द्रको झल्को दिने गरी छाल आएको थियो ।
छालले फेवातालमा पार्किङ गरेर राखिएका करीब ५ दर्जनको हाराहारीमा डुंगाहरु डुबेको बताइएको छ । यद्यपी कुनै मानवीय क्षति भने भएको छैन ।

यसैबीच हावाहुरीका कारण तालबाराही दर्शन गर्न पुगेका पर्यटक एक घण्टासम्म मन्दिरमै रोकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?