काठमाडौं । नपाली कांग्रेसका सभामुख शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै ‘कू’ भएको बताएका छन् ।
आइतवार कांग्रेसले गरेको पत्रकार सम्मेलन बोल्दै सभापति देउवाले वैशाख २६ गते सरकारले संसदमा दर्ता गराएको विधेयक प्रेस स्वतन्त्रतामाथि नै ‘कू’ भएको देउवाले बताएका हुन् ।
साथै यो संविधानको मर्म विपरित भएको समेत उनको ठहर छ ।
‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने, यो विधेयक पत्रकार र प्रेस स्वतन्त्रतामाथि नै ‘कू’ हो । हामी यसलाई फिर्ता गराउँछौं’ उनले भने ।
मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको कांग्रेसको दाबी छ ।
संसदमा दर्ता भएको विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वव्यापी स्थापित परम्परा विपरीत भएको सभापति देउवाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया