काङ्ग्रेस नैतिकवान र इमान्दारहरुको पार्टी हो : नेता पौडेल

काठमाडौं । काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । 

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिवार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे । 

उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै  सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे । 

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एकमहीने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गरे । कार्यक्रममा

पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं  प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 33 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?