घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ

बुटवल। नापी कार्यालय पश्चिम नवलपरासीका सर्भेक्षक छत्र बहादुर ठकुल्ला सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका कार्यालयको टोलीले ठकुल्लालाई उनकै कार्यकक्षबाट रंगे हात पक्राउ गरेको हो । 

ठकुल्लाले एक जना सेवाग्राहीले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि मैले मिलाइदिन्छु भन्दै घुस मागेका थिए । उनले घुसको रकम लिँदै गर्दा अख्यितारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?