काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् विभूति पोखरेलका अनुसार भारतको राजस्थान क्षेत्रमा न्यूनचापीय वायुको कारण त्यसले अरब सागरको आर्दता तानेर नेपालतिर प्रवेश गर्दा मौसममा सामान्य समस्या देखिन लागेको बताइन् ।
आज (आइतवार) राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
भोलि (सोमवार) दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य तथा पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थान र मध्य तथा पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै मंगलबार देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा सोही राति देशभरी आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया