कांग्रेसका केन्द्रीय सदस्य पौडेलद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गृहजिल्ला तनहुँका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् । 

आइतवार तनहुँ जिल्ला म्याग्दे ४ स्थित तीन वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । 

पौडेलले गणेश माध्यमिक विद्यालय, मणि प्रावि र कालिका प्राविका विद्यार्थीहरूलाई स्कुल ब्याग र कापीकलम वितरण गरेका थिए । 

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य पौडेलले म्याग्दे ७ रानीस्वाँरामा सामुदायिक भवनको निर्माणका लागि ५० बोरा सिमेन्ट समेत वितरण गरेका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?