काठमाडौं । बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखैं’ सार्वजनिक भएको छ । शनिवार ओशो तपोवनमा आयोजित एक भव्य समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो ।
नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधान सम्पादक देव प्रकास त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
अन्य पुस्तक विमोचन समारोह भन्दा पृथक रुपमा गरिएको कार्यक्रममा पुस्तक विमोचन गर्नु अघि ५ मिनेटको ध्यान पनि गरिएको थियो । सार्वजनिक गरिएको सो कार्यक्रममा प्रदीप गिरिले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म सो दर्शनले आध्यात्मलाई सही परिप्रेक्षमा बुझ्न नसक्ने दावी गर्दै स्वामी अरुणको यो पुस्तकले आध्यात्मको रहस्यमय आयामलाई सही रुपले प्रतिनिधित्व गर्ने बताए । नाराणकाजी श्रेष्ठले सो कृतिले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा भएका बताए । डा. सुन्दरमणी दीक्षितले गहन आध्यात्मिक संस्मरणात्मक यस पुस्तकले पाठक र लेखक दुबैलाई मंगल गर्ने बताए । त्यस्तै, देव प्रकास त्रिपाठीले यो कृतिले गुरु र शिष्यको सम्बन्धलाई एक नयाँ उचाईमा प्रस्तुत गरेको बताए । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले यो कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताए । पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सांन्निध्यमा आफुले भोगेका कुराहरु लेखेको बताउदै ओशो एक क्रान्तिकारी दृष्टा तथा भविष्यका मसिहा भएको बताए । नेपालका धार्मिक स्थलहरुलाई विश्व मानचित्रमा चिनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका थिए ।
विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति विमोचन समारोहमा देखिन्थ्यो । पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ कलाकार मनकृष्ण श्रेष्ठ, कलाकार निखिल उप्रेती, संचीता लुईटेल, वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार टिकाराम यात्री, डा. ऋषी काफ्ले, कंग्रेस नेता लक्ष्मण घिमिरे, लोकेश ढकाल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, साहित्यकार शारदा शर्मा, अमर न्यौपाने, जलश्रोत विज्ञ अरुण सुवेदी, सांसद रामवीर मानन्धर, नेपाल सरकारका सचिव देवेन्द्र कार्की लगायतको उपस्थितिले विमोचन समारोहमा भव्यता थपिएका थियो । बु्कहिल्स् पब्लिकेशनले प्रकासन र वितरण गरेको सो पुस्तक शनीवार देखिनै देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रहरुमा उपलब्ध भएको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 33 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया