पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलन गर्दै

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । 

शुक्रवार बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले संसदमा पत्रकारका विषयमा दर्ता गरिएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । 

वैशाख २६ गते पत्रकार सम्बन्धी विधेयक संसदमा दर्ता भएको थियो । 

बैठकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर महासंघले गरेको छ । 

दर्ता भएको विधेयकमा मिडियालाई नियन्त्रण गर्ने थुप्रै प्रावधान रहेको विभिन्न सञ्चार संस्थाहरुको भनाइरहेको छ ।

महासंघले संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा शुक्रवार बसेको महासंघको बैठकले उक्त विधेयक फिर्ता लिई सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा संविधानको भावना र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा विधेयक पुनः मस्यौदा गर्न माग गरेको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा वैशाख २९ गते महासंघका पूर्वपदाधिकारी, सञ्चार माध्यमका सम्पादक, कानूनविद र विज्ञसँग छलफल गर्ने, ३० गते सभामुख, राष्ट्रियसभाका अधयक्षलाई ज्ञापनपत्र बुझाउने र वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यसँग छलफल गर्ने कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै जेठ १ गते कालोपट्टी बाँधेर काम गर्ने, महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्उालयमा सरोकारवाला पक्षसँग छलफल गर्ने र जेठ ३ गते काठमाडौंमा संसदबाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?