भारतले नेपाललाई रेलका दुई वटा डिब्बा दिने

काठमाडौं । भारतले नेपाललाई दुई वटा रेलका डिब्बा दिने भएको छ । 

शुक्रवार नेपालको रेलवे र भारतीय कम्पनीबीच रेलका डिब्बा दिने सम्झौता भएको हो । 

समझदारी पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

भारतले १६०० हर्षपावरका दुई वटा रेलका डिब्बा नेपाललाई दिने सम्झौतामा उल्लेख छ । 

भारतले दिने यी डिब्बा नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् । 

तमिलनाडुको चेन्नाईस्थित इन्ट्रिग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुने यो डिब्बामा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार (एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?