काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो सदस्यीयको नाम टुंगो लगाएको छ ।
पार्टी एकीकरणलाई पूर्णता दिँदै नेकपाले १ सय ४७ पोलिटब्युरो सदस्यीयको नाम टुंगो लगाएको हो ।
पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक नेकपाले जनाएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि मात्र पोलिटब्युरो गठन गर्ने सहमति भएको हो ।
बिहीवारदेखि ६ दिने भियतनाम र कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वदेश फर्किपछि मात्रै सचिवाय बैठक बसेर औपचारि रुपमा पोलिटब्युरो सदस्हरुको नाम लिस्ट पारित हुने नेकपा स्रोतले जनाएको छ । दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्किंदैछन् ।
यसैगर िसाविक एमालेबाट तत्कालीन पोलिटब्युरोका ५९ जना सदस्यबाहेक २३ जना नयाँ सदस्य थपिने सम्भावनमा देखिएको छ भने केन्द्रीय सचिवालयमा रहेका नेताहरु केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेल स्वत पोलिटब्युरो सदस्य हुनेछन् ।
त्यस्तै स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।
अनुशासन आयोग, सल्लाहकार परिषद र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडले पनि स्वतः पोलिटब्युरो सदस्य हुनेछन् ।
त्यस्तै तत्कालीन एमालेको पोलिटब्युरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रवहादुर पाण्डे नेकपामा पनि पोलिटब्युरो हुनेछन् ।
साथै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णवहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटब्युरो सदस्य हुनेछन् ।
यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् ।
यसैगरी पूर्वमाओवादीबाट ६२ जना पोलिटब्युरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्ने सम्भावना छ । अरु नेताहरु भने छलफलपछि प्रचण्डले तत्कालिन ९९ सदस्यीय सचिवालयबाट छान्ने छन् ।
सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापाा बदल, टोपवहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह पोलिटब्युरो सदस्य हुनेछन् ।
साथै पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाललगायत मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्युरो सदस्य हुने भएका छन् ।
त्यस्तै पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सुर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाईको नाम पनि पोलिटब्युरोमा प्रस्तावित छन् ।
यसैगरी कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डल पनि पोलिटब्युरो सदस्य हुने भएका छन् ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड १६ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया