काठमाडौं । दार्जुलामा बाबुले ११ महिने छोरीको आगो लगाएर हत्या गरेका छन् ।
व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा २२ वर्षीया नविन विष्टले ११ महिने छोरी अनुस्काको बिहीवार राति आगो लगाएर हत्या गरेका हुन् ।
उनले घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।
उनीहरुलाई शुक्रवार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइएको छ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्या गर्नाको कारण खुलाइएको छैन ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड १६ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया