प्रहरी हिरासतभित्र घिसिङ झुण्डिएपछि…..

चितवन । चितवनमा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय रत्नगरको हिरासतमा रहेका कालिका नगरपालिका १ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।

बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा घिसिङ फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ । 

उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । 

घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासीले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । साथै स्थिति तनाव पूर्ण हुनथालेपछि प्रहरीले पाँच–सात राउण्ड हवाई फायर गरेको छ भने अश्रुग्यास प्रहार गरेका उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गरी राजमार्ग सञ्चालनमा ल्याएको छ भने तोडफोडमा संलग्न रहेको आरोपमा करिब १५ जनालाई पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?