बुटवल — उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ । बुटवल उपमहानगरपालिका-४ स्थित जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो ।
सरकारी लिखतअनुसार साबिकको कित्ता नं. ३ सय ९६ को २ बिघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधीश कार्यालयका नाममा थियो । ०४६ सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साबिक पुनरावेदन अदालत बुटवलले जग्गा आफ्नो नाममा बनाएको थियो । जग्गाको स्वामित्व लिए पनि अदालतले कार्यालय वरिपरिको जग्गा संरक्षणमा वास्ता नगर्दा अतिक्रमणमा परेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया