डेढ किलो सुनसहित हेटौँडाबाट किशोर ल्वागुन पक्राउ

काठमाडौं । प्रहरीले हेटौँडाबाट १ किलो ६ सय ४९ ग्राम ८ सय ९० किलोग्राम सुन बरामद गरेको छ भने एक जना पक्राउ परेका छन् । 

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन पक्राउ परेका हुन् ।

प्रहरीले ल्वागुनले लगाएको दुवै खुट्टाको जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको हो । 

उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।

सुन र कारोबारमा संलग्नमा पक्राउ परेका ल्वागुनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?