काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय वासिन्दले बिहीवार बिहानदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका हुन् ।
अनिश्चितकालीन आन्दोलन शुरु गरेका व्यापारी, स्थानीय वासिन्द र प्रहरीबीच दिउँसो झडप भएको हो । विरोधमा उत्रिएका प्रदर्शनकारीले शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध गरेका थिए ।
चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले प्रदर्शनमा उत्रिएका हुन् ।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ ।
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका छन् । उद्यपी काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया