काठमाडौं- आव ०७४/७५ मा देशभर सात लाख ८३ हजार पाँच सय ४९ कित्ता कारोबार भएको छ ।
ग्रामीण क्षेत्रमा दुई लाख ५५ हजार सात सय ६० र सहरी क्षेत्रमा पाँच लाख २७ हजार सात सय ८९ पटक घरजग्गा कारोबार भएको हो ।
त्यसमध्ये महिलाको नामबाट मात्रै गत आवमा एक लाख ४९ हजार सात सय ५९ वटा कारोबार भएको छ । महिलाको नाममा ग्रामीण भेगमा ४७ हजार एक सय ९२ वटा र सहरी क्षेत्रमा एक लाख दुई हजार पाँच सय ६७ वटा कारोबार भएको छ ।
दलित तथा जनजातिको नामबाट ग्रामीण क्षेत्रमा तीन हजार दुई सय ६ र सहरमा दुई हजार नौ सय २५ गरी ६ हजार एक सय ३१ कित्ता कारोबार भएको छ ।
अपांगता भएका व्यक्तिको नामबाट एक सय आठ कित्ता कारोबार भएको तथ्यांकले देखाएको छ । कलैया (बारा) मा सबैभन्दा धेरै ४८ हजार चार सय ९८ कित्ता कारोबार भएको छ । चन्द्रगढी (झापा) मा ४१ हजार चार सय ३१ र बेलबारी (मोरङ) मा ४१ हजार तीन सय ८१ कित्ता लिखत पारित भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया