विराटनगर । झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनीसँग कारोबारमा संलग्न विराटनगर–१६ की ३०वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । यस्तै, झापाको मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया