दुर्गा प्रसाईले भेटे पूर्व राजा ज्ञानेन्द्र

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म संस्कृती एवं नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।

प्रसाईले सामाजिक सञ्जालमा ज्ञानेन्द्रसँगको तस्बिर सेयर गर्दै अर्थपूर्ण भेट भएको बताएका छन् ।

प्रसाईले भेटपछि लघुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले छिट्टै निकास पाउने बताए ।

‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला !!’ उनले भनेका छन् ।

प्रसाईले गत मंसिर ७ गते काठमाडौंमा संवैधानिक राजतन्त्रसहित विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेका थिए । मंसिर ७ गते बल्खुमा बृहत आन्दोलन गरे पनि त्यसपछि विभिन्न स्थानमा आन्दोलनको घोषणा गरेका थिए । देशभरका लघुवित्त पीडितहरु आन्दोलनमा सरिक भए पनि अन्ततः आन्दोलन नै धरासायी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?