काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताएका छन् ।सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन् । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ । मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’
भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरु समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो ।मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्वीक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्नसके लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताए ।
उनले भने, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरु छन् । ती तिर्थस्थलहरुको विकास गरे भारतीय पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्नसक्छ ।’ कुनैबेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया