काठमाडौं । नेपालः युथ इनोभेसन ल्याबले वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा सम्बन्धीपरियोजनाको दोस्रो बार्षिक कार्यक्रम बुधबार काठमाडौँमा सफलतापुर्वक आयोजना गरेको छ ।
यस परियोजना नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थतर्फ प्रेरित गर्न युरोपेली संघको आर्थिक सहयोगमा संचालन गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेशमा यस वर्ष हासिल गरेको सफलता प्रस्तुत गदै यस परियोजनाले युवा पुस्तालाई सुशासन, उद्यमशीलता र डिजिटल पैरवीको माध्यमद्वारा जलवायु परिवर्तनको न्यूनीकरण तर्फ अग्रसर गरेको जानकारी प्रदान गरियो ।
दुई वर्ष अघि संचालन गरिएको यस परियोजना मधेश प्रदेशबाट सुरु भएको थियो । गत वर्ष कर्णाली प्रदेशमा संचालन गरिएको यो परियोजनाले उल्लेखनीय मात्रामा युवाहरु माझ पुग्न सफल भएको छ । कर्णाली प्रदेशमा परियोजना मार्फत १,९५४ युवाहरु सक्रिय रूपमा सहभागी थिए भने ४५० सरकारी प्रतिनिधीहरूले विपद तथा जलवायु परिवर्तन अनुकुलनबारे अभिमुखीकरण पनि प्राप्त गरे । साथै, ३,९१८ भन्दा बढी स्थानीयहरु पूर्वाधार जस्तो महत्वपूर्ण विषयमा तथ्याङ्क सङ्कलन कार्य र जोखिम क्षमता मूल्याङ्कनमा संलग्नता थियो भने १७ क्षेत्रीय र स्थानीय विशेषज्ञहरूको संलग्नता पनि रहेको थियो ।“क्लाइमेट फेलोसिप” कार्यक्रम परियोजनाको एक प्रमुख पाटो हो जसमा १० युवालाई परिचालित गरिएको थियो । ती युवाले पूर्वाधार सम्बन्धी १,७८२ तथ्याङ्क सङ्कलन गरेका छन् । त्यसैगरि परियोजना मार्फत दिगो व्यापारलाई बढावा दिन ६ जना नवप्रवर्तनशील उद्यमीहरूलाई यस वर्षको नवप्रवर्तन अनुदान प्रदान गरियो । यसबाहेक, एक डिजिटल पैरवी सम्बन्धी अभियान मार्फत ६०० भन्दा बढी युवा तथ्याङ्कमा आधारित पैरवी गर्न सामेल भएका थिए र तथ्याङ्कमा आधारित विकासको पैरवी गर्नका निम्ति १,५०० भन्दा बढी पहिरो सम्बन्धी तथ्याङ्क सङ्कलन भएको छ ।
काठमाडौँमा आयोजित उक्त कार्यक्रमको सुरुवात “इनोभेसन वाक”बाट भएको थियो जसमा परियोजना मार्फत भएका नवप्रवर्तन कार्यहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा यस वर्षको नवप्रवर्तन अनुदान बिजेता भएका ६ जना बिजेताहरुले आफ्नो सामाग्रीहरु प्रदर्शनमा राखेका थिए भने “क्लाइमेट फेलो”हरुले आफुले पालिकामा बस्दाको अनुभव र भोगाईहरु बाड्दै तथा तयार गरेका रिपोर्टहरु पनि राखिएको थियो । त्यसैगरि, डिजिटल स्वयंसेवकले अभियानको दौरानमा संकलन गरेका पहिरो सम्बन्धी तथ्याङ्कहरु प्रदर्शनीमा अवगत गराएका थिए ।
कार्यक्रमको सुरुवातमा युरिपेली संघका तर्फबाट एलोइसा अस्टुडिलोले भने, –“युवाहरूसँग काम गर्नु भनेको हामीले ऊर्जावान र गतिशिल मानिसहरूसँग काम गरिरहेका छौं”। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्याको हल गर्नको निम्ति युवाहरुको भूमिका निकै अतुलनीय रहेको भन्दै कर्णालीमा भएको प्रगतिको प्रंशसा गर्दै आगामी वर्ष सुदूरपश्चिममा पनि यस्तै परिवर्तनका प्रयासहरू गर्ने आशा व्यक्त गरे ।
युथ इनोभेशन ल्यावको तर्फबाट परियोजना प्रमुख गोमा कार्कीले परियोजनाका तीन स्तम्भहरू सुशासन, उद्यमशीलता र वकालतबारे विस्तृत जानकारी दिईन । उनले जलवायु नीतिमा तथ्याङ्क एकीकरणको माध्यमबाट परियोजनाको प्रभाव र सक्रिय जलवायु कार्यमा युवाहरूलाई संलग्न गराउने फाइदाहरूमा जोड दिईन । मर्सीकोर्प्सका अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशक सेशियल अधिकारीले युथ इनोभेसन ल्याबसँगको साझेदारीलाई प्रकाश पार्दै पैरवी र डिजिटलाइजेसनमा सहकार्यका लागि जोड दिए। परियोजनाले मधेस प्रदेश र कर्णाली प्रदेशमा “क्लाइमेट फेलोशिप”लाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ भन्दै अधिकारीले आगामी दिनमा पनि निरन्तर सहकार्यको लागि उत्साह व्यक्त गरे ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनसँग लड्न नवप्रवर्तनको भूमिकालाई उल्लेख गदै युवाहरूमाझ उद्यमशीलताका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सही तथ्याङ्कले जीवन बचाउने सम्भावनाको महत्त्वलाई प्रकाश पार्दै विपद् तयारी र दिगो विकासमा युवाहरूको योगदानको महत्वमा जोड दिए । फ्र्याङ्कलिन डी. रुजवेल्टको उद्धरणलाई याद गर्दै पोखरेलले ‘हामीले युवाको भविष्य निर्माण गर्न नसके पनि भविष्यका लागि युवालाई सुसज्जित बनाउने शक्ति र जिम्मेवारी हामीसँग‘ छभन्ने कुरालाई प्रेरित गर्नुपर्ने कुरामा जोड दिए ।
युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले यूरोपेली संघ र अन्य साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण, उद्यमशीलता र डिजिटल पैरवीमा युवाहरूलाई सशक्तिकरण गर्न युथ इनोभेसन ल्याव समर्पण रहेको कुरा प्रस्ट पारे ।
परियोजनाका साझेदारहरू रेस्टलेस डेभलपमेन्ट, क्रिएसन नेपाल र प्रकोप व्यवस्थापन अध्यन केन्द्र हुन् । कार्यक्रममा साझेदार संघका प्रतिनिधि, आयोजना कार्यान्वयन भएका कर्णाली प्रदेशका पालिकहरुको प्रतिनिधिका साथै वातावरण प्रवर्द्धन र जलवायु परिवर्तनसंग संलग्न युवाहरूको समेत उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया