राष्ट्रिय सभा निर्वाचन : ३ स्वतन्त्र मेयरले गरे मतदान बहिस्कार

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइ मतगणना शुरु भएको छ ।

बिहान ९ बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सकिएपछि मतगणना शुरु भएको हो ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ४६ मतदाता रहेका थिए । त्यसमध्ये २ हजार ३२ जनाले मात्रै मतदान गरेको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

केही मतदाता बिरामी परेर अनुपस्थित भए, केही विभिन्न काण्डमा फरार रहेका कारण अनुपस्थित भएका छन् । ती मध्ये ३ स्वतन्त्र मेयर जसले मतदानमा भाग लिएनन् । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह, धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मतदानमा सहभागि भएनन् ।

मेयर बालेनले कार्यव्यस्तता देखाउँदै मतदान गरेनन् । उता धरानका हर्कले पनि कार्यव्यस्तता देखाउँदै मतदानमा अनुपस्थित भए भने धनगढी उपमहानगरपालिकाका मेयर हमालले मोबाइल नै स्वीच अफ गरेर बसेका थिए ।

त्यसो त अहिले मात्र होइन काठमाडौं महानगरका मेयर बालेनले गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेशसभा तर्फको मतदान बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?