काठमाडौं । सामाजिक सञ्जालमा इन्टरनेट आएपछि संसार एउटा सानो कुनामा अटाएको छ ।
मानिसहरु जहाँ भए पनि उनीहरुको प्रतिभा संसारभरिका मानिसहरुले हेर्ने र तारिफ गर्ने सक्ने भएका छन् । आज यस्तै गरेर एक जना व्यक्तिको भिडियो भाइरल भएको छ । जो आफ्नो नृत्यले संसाभरिका मानिसहरुको ध्यान खिचिरहेको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रमले भारत मात्र नभएर अन्य देशहरु पनि राममय भइरहेको छ । यो भक्ति भाव अमेरिका सम्म पुगेको छ । यहि भक्तिभावले गर्दा अमेरिकाका एक व्यक्तिको भिडियो भाइरल भइरहेको छ । भिडियोमा उनी
‘जय सिया राम’ भन्ने गीतमा झुमेको देख्न सकिन्छ । उनको खुसी र नृत्यले सबैलाई आश्चर्यचकित पारिरहेको छ ।
भिडियोमा यी व्यक्तिले आफ्नो घरमा हिन्दू रामभक्तिभाव भएको गीत सुनेर नाचिरहेका छन् । आजभोलि यो भजन निकै चर्चामा रहेको छ । ‘हे केसरी के लाल’ यो गीतमा उनी पूरै भक्ति भावमा नाचिरहेको देखिएका छन् । उनले गित नबुझे पनि उनले गरेको नृत्यको स्टेप भने एकदमै सही गरिरहेको भनेर चर्चा भइरहेको छ । उनी झुमी झुमी नाचेर अन्तिममा हात जोडेर सबैलाई नमस्कार पनि गरेका थिए ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो इन्टाग्राममा रकी पोन्डको अकाउडबाट सेयर भएको थियो । जुन सामाजिक सञ्जालमा डान्सिङ ड्याडीको नामबाट चर्चित भइरहेका छन् । उनको यो पोष्टलाई एक दिनमा नै ८.९ मिलियन अर्थात् ८९ लाख मानिसहरुले हेरेका छन् । करिब ९ लाख मानिसहरुले यसलाई लाइक गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया