पूर्वी नाकामा राजस्व संकलन केन्द्र स्थापना

लोकपथ
77
Shares

विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरमा सवारी साधनका लागि इजाजतपत्र दिन राजस्व संकलन केन्द्र स्थापना गरिएको छ ।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाका पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।

केन्द्र स्थापनापछि पर्यटक लिएर नेपाल भ्रमाणका लागि प्रवेश गर्ने सवारी साधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम सदरमुकाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ ।

उक्त नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब डेढ करोडभन्दा बढी राजस्व संकलन हुने अपेक्षा गरिएको छ ।यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाका अनुसार केन्द्र स्थापनाले नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुनेछ ।

पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारी साधनमा पर्यटक नेपाल भित्रने गरेका छन् ।सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईका अनुसार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष राजस्व संकलन केन्द्र स्थापनाका लागि आग्रह गरिएको थियो । त्यसैअनुरुप उक्त कार्यालय स्थापना सहज भएको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?