प्रदेश २ मा आज जुडशितल पर्व मनाइँदै

काठमाडौं । प्रदेश २ मा आज (सोमवार) जुडशितल पर्व मनाइँदैछ ।

नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइँदैछ ।  

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले आफूभन्दा ठूलो मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । 

यसदिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ भने जुडशितल पर्वमा एक दिन अगाडी पकाएको बासी खाना चुल्हो देवतालाई चढाउने प्रचलन रहेको छ । 

जुडशितलको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?