काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई तीन लाख ५० हजार घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपड ल्याउँदा प्रहरीले बरामद गरेको र सो कपडा छुटाउन आइतवार राति डीएसपी सुधीर राज शाहीलाई तीन लाख ५० हजार घुस दिन खोज्दा तीन जना पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ छन् ।
श्याम बा५ख ४८४२ बस चालक हुन् । उनीले ३ लाख रुपैयाँ बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए भने दीपा थप ५० हजार लिएर गएको थिए । दीपासँगै भरतपनि डीएसपी शाहीका पुगेपछि उनीहरु पक्राउ परेका प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया