बर्दिया । अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मधुवन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० मिलिग्रामसहित सोही नगरपालिका-१ डल्ला बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया