२४ थान नक्कली नोटसहित एकजना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । २४ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?