ललितपुर । फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ । फोनपे सँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको हो ।
फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको छ । पुस १३ देखि पुस १७ गतेसम्म चल्ने यो अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ ्र त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।
यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई एमआई–साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ । यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरू द्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यकता नै हुन पुगेको छ । अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया