काठमाडौं । प्रहरीले 'जनपत्रकार संगठन नेपाल' का काठमाडौं संयोजक जितेन्द्र महर्जनलाई गिरफ्तार गरेको छ ।
समाचार संकलनका लागि हिडिरहेका पत्रकार महर्जनलाई अपहरण शैलीमा गिरफ्तार गरिएको बताइएको छ ।
फरक बिचार आस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनिरहेको सरकारको यो शैली खेदजन्य र आपत्तिजनक भएको जनपत्रकार संगठन नेपालले जनाएको छ । संगठनले संयोजक महर्जनलाई विना सर्त रिहाईको माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया