प्रहरीलाई घुस दिन खोज्दा चालक पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने गाडी चालक पक्राउ परेका छन् । 

मंगलवार दिउँसो काठमाडौं महानगरपालिका १२ त्रिपुरेश्वरमा प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा धादिङ घर भई सतुंगल बस्ने वर्ष ३३ का एकबहादुर तामाङ छन् । 

महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।उनलाई नियन्त्र

णमा लिई थप अनुसन्धान शुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?