जुगल हिमालमा पहिलो पटक मानव पाइला

मेलम्ची । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ ।

चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट चार हजार ७ सय २४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो ।

गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् । प्रदेश नं ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण शुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?