‘मुद्दा मिलाउन’ न्यायाधीशलाई ५ लाख

राजविराज — मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ ।

राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकमार्फत शुक्रबार न्यायपरिषदमा उजुरी दिएका हुन् ।

उजुरीपत्रमा उल्लेख भएअनुसार मनोजकुमारले पत्नी सुनीताकुमारी साहलाई सप्तकोसी नगरपालिका २ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि बहुविवाहको मुद्दा चलाएका थिए । बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?