काठमाडौँ– जुम्ला गोठिचौरका कृष्ण सार्की पिसाबको पाइप झुण्ड्याएर वीर अस्पताल धाएको पाँच दिन भयो । मिर्गौलामा पत्थरी देखिएपछि सार्कीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्थरी निकाल्ने प्रविधि नभएको भन्दै वीर अस्पताल जान सिफारिश ग¥यो ।
बिहीबार रक्त परीक्षण तथा सिटीस्क्यान गर्न लगाइयो तर उनले रिपोर्ट अझै पाएका छैनन् । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीर अस्पतालमा राम्रो उपचार हुन्छ भनेर पठाइएको थियो ।
स्वास्थ्यस्थिति अत्यन्तै कमजोर भएकाले चिकित्सकको सुझाव अनुसार सार्की जुम्लाबाट हवाइजहाजमा काठमाडौं आएका हुन् ।
जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौँ आउनलाई उहाँको करिब १९ हजार रुपियाँ खर्च भइसक्यो । काठमाडौँको सुन्धारा गेष्ट हाउसमा बस्दा दैनिक एकहजार रुपियाँभन्दा बढी उनको खर्च भइरहेको छ । गाउँमा जग्गा बन्धकी राखेर एकलाख पाँच हजार रुपियाँ बोकेर हिँडेका सार्कीको एकलाख रुपियाँ त सकिन लागिसक्यो, व्यथा जस्ताको तस्तै छ । सार्कीको जुम्लामा उपचार गर्दा १७ हजार रुपियाँ खर्च भएको थियो ।
सरकारी चिकित्सकले कर्मचारी समायोजनमा असन्तुष्टि जनाएर उपचार सेवा बहिष्कार गरेपछि कृष्ण सार्कीजस्ता धेरै बिरामी यतिखेर सरकारी अस्पतालमा अलपत्र छन् । गोरखापत्र दैनिका खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया