बारामा हावाहुरीको वितण्डा : एसईई परीक्षा प्रभावित, सिमरा एफएमको टावर उडायो

बारा । बारा र पर्सामा २७ जनाको ज्यान जाने आएको आँधीको दुई साता पुग्नै नपाउँदै बारामा आज (मंगलवार) बिहान पुनः असिना पानीसहित हावाहुरी आएको छ । 

आधा घण्टासम्म आएको हावाहुरीसहितको असिना पानीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । 

हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ भने सिमरा एफएमको टावर समेत उडाएको छ । 

उता हुरीले करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरीको काम प्रभावित भएका छन् ।

हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याएको छ । कतिपय स्थानमा हुरीले रुखसमेत ढालिदिएको छ भने घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?